रमझमआइतबार, आषाढ १५, २०७१
उपप्रधानमन्त्रीद्वारा तेरियालाई सम्मान
भारतीय टेलिभिजन रियालिटी शो ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी तेरिया फौजा मगरलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले लुम्बिनी बालिका शान्ति दूतको उपाधिले सम्मान गरेका छन् ।
उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भई देशको शीर उच्च गर्ने कार्य गरेको भन्दै तेरियाको सराहना गरे ।
प्रतियोगितामा नृत्यका लागि करिब चार लाख जनाले निवेदन दिएकामा ४० हजार भित्रबाट अन्तिम चरणसम्म पुग्दा मगरले पब्लिक भोटको आधारमा प्रथम स्थान हासिल गरेकी थिइन् ।
लुम्बिनी–कपिलवस्तु अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका अध्यक्ष डा हरिकुमार श्रेष्ठले नेपाली बालिकालाई सम्मान गर्न पाएकामा खुशी व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
