रमझमशुक्रबार, आषाढ २७, २०७१
भारतीय अभिनेत्री ज़ोहरा सहगलको निधन
सन् २००७ मा प्रदर्शित सञ्जयलीला भंसालीको फिल्म ‘साँवरीया’ मा अन्तिम पटक अभिनय गरेकी अभिनेत्री जोहरा सहगलको २६ असार साँझ नयाँ दिल्लीमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जोहराले पछिल्लो समयमा अमिताभ बच्चनसँगै ‘चिनी कम’ र ‘कभी खुशी कभी गम’ जस्ता फिल्महरुमा काम गरेकी थिइन् । ‘वीर–जारा’ र ‘हम दिल दे चुके सनम’ जस्ता सफल फिल्महरुमा पनि अभिनय गरेकी जोहराले ‘चिनी कम’ मा अमिताभ बच्चनकी आमाको भूमिका निर्वाह गरेकी थिइन् ।
सन २०१२ मा १०० औं जन्मदिन मनाइरहँदा जोहरा सहगललाई अमिताभ बच्चनले उनको स्फूर्ती र चञ्चल स्वभावलाई लक्षित गर्दै ‘१०० वर्षकी बालिका’ भनेका थिए । बच्चनका अनुसार जोहराले आफ्नो लामो उमेरको रहस्य सँधै सक्रिय रहनु बताउँथिन् ।
भारत सरकारबाट पद्मविभूषण सम्मान प्राप्त जोहराले सन् १९३५ मा नृत्यांगनाका रुपमा फिल्मी करियर शुरु गरेकी थिइन् । फिल्ममा चरित्र अभिनयमा माहिर उनले अंग्रेजी भाषाका फिल्महरुमा अभिनय र केही हिन्दी फिल्महरुमा कोरियोग्राफरका रुपमा पनि काम गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
