रमझमशुक्रबार, आषाढ २७, २०७१

चौथोमा चन्द्रमुखी

हिमालखबर

प्रसिद्ध संगीतकार अम्बर गुरुङले आफ्ना एक चेला भीषण मुकारुङको चौथो एकल अल्बम चन्द्रमुखी सार्वजनिक गरे। आधुनिक नेपाली गायनको मूलधारमा आफ्नो स्थान बनाइसकेका भीषणको यो अल्बममा चन्द्रमुखी, अँधेरीमा जून फुल्दा, तिमीलाई देखें, भुलेर तिमीलाई, पिरतीको डोरी लगायतका नौ गीत छन्।

यसका रचनाकारहरु वसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नवीन दाहाल, कुमार विवाहित, जाङ्बु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङ्माङ र दिनेश वान्तवा हुन् भने पारस मुकारुङ, महेश खड्का, सुरेश अधिकारी, वसन्त सापकोटा, बलराम समाल, दिनेश वान्तवा र स्वयम् भीषणको संगीत छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...