रमझमशनिबार, आषाढ २८, २०७१
तेरियाले गाइन्, ‘यो मन त मेरो नेपाली हो’
रुद्रपुर–६ रुपन्देहीकी तेरिया फौजा मगर भारतीय टेलिभिजनले आयोजना गरेको नृत्य प्रतियोगिता ‘डिआईडी लिलट मास्टर्स सिजन–३’ को बिजेता बनेपछि उनी एक्कासी चर्चामा आएकी छन् ।
२७ असारमा दाङको घोराहीमा नेपाल मगर विद्यार्थी संघ, दाङले तेरियालाई एक समारोहका बीच सम्मान गरेको छ ।
स्थानीय होटेल सिटी प्लाजामा आयोजित कार्यक्रममा थोरै संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिए पनि तेरियाका प्रशंसकहरुले होटेल परिषरमा ठूलै घुइँचो लाग्यो ।
कार्यक्रममा तेरियालाई सम्मानपत्र, दोसल्ला र पोशाक प्रदान गरियो ।
सम्मान कार्यक्रममा बोल्दै तेरियाले सबैको सहयोग, सद्भावका कारण आफूले प्रतियोगिताको उपाधि जितेको भन्दै सबै प्रशंसकहरुलाई धन्यवाद ज्ञापन गरिन् ।
“म तपाईहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । तपाईहरुकै कारण भारतमा गएर डिआईडी जस्तो प्रतियोगितामा विनर बन्न सफल भएँ,” तेरियाले भनिन् ।
जी टिभिसँग तीन वर्षको करार गरेका कारण उसको अनुमति बिना आफूले कतै पनि नृत्य प्रस्तुत गर्न नपाउने जानकारी दिंदै उनले पछि स्वीकृति लिएर नृत्य पनि देखाउने बताइन् ।
कार्यक्रममा तेरियाले ‘जता जाउँ जे गरुँ जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ बोलको गीत गाएकी थिइन् ।
देविका घर्ती मगर, घोराही
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
