रमझमशनिबार, आषाढ २८, २०७१

गाउँकी गायिका

हिमालखबर

तस्वीर: ऋषिराम कट्टेल

अहिले समय नै यस्तो छ कि हरेक क्षेत्र, समुदाय तथा व्यक्ति बाहिरी संसारमा ‘एक्सपोजर’ खोजिरहेका छन्। यो क्रममा हाम्रो मौलिक संस्कृति भने क्रमशः ओझेलमा परिरहेको छ, कति त लोप हुँदैछन्। यस्तो अवस्थामा टुकुचेकी विमला गलामा थाकखोला राखेर गाउँमै गाइरहेकी छन्।

“मेलाजात्रा र चाडपर्वका हाम्रा सांस्कृतिक भाकाहरुको संवर्द्धन होस् भनेर गाउँले गीतमा लागेकी हुँ”, अल्बमको भिडियो सम्पादनका लागि हालै राजधानी आएकी विमलाले भनिन्। पहिलो अल्बम हाम्रो मुटु, हाम्रो थाकखोला मा पनि उनले गाउँले भाका गाएकी छन्।

थकाली गीति संस्कृतिको श्रीवृद्धिमा लागेकी उनले शुरुमा रहर गरेको कुरा अहिले आएर कर हुन पुगेको अनुभव पनि सुनाइन्।

कर यसकारण कि, अल्बम निकालेपछि समुदायका अगुवादेखि युवा पानासम्मले ‘ल है, यो काममा तिमी आयौ, अब छाड्ने हैन, है’ भन्न थाले।

त्यसमाथि जति खोज्दै गयो उति भेटिने भाकाहरुलाई बासी राख्ने कुरा पनि आएन। यसले उनलाई थकाली समुदायमा लोकप्रिय र लिनै पर्ने नाम पनि बनाएको छ।

“त्यसले गर्दा यो क्षेत्रमा केही गर्ने चुनौती थपिएको छ”, विमला भन्छिन्, “नयाँ पुस्तालाई गीत मात्र हैन, दृश्य पनि चाहिने भएकोले काठमाडौंबाटै निर्देशक लगेर म्युजिक भिडियो पनि बनाएँ।

यसबाट अरु श्रोता–दर्शकलाई पनि थकाली गीतसँगै थाकखोलाको संस्कृति र जीवनशैली बुझ्न सजिलो पर्नेछ।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>