Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मेरी कोम’ मा सुनिल थापा प्रियंका चोपडाका प्रशिक्षक - Himalkhabar.com

रमझमबिहीबार, साउन ८, २०७१

‘मेरी कोम’ मा सुनिल थापा प्रियंका चोपडाका प्रशिक्षक

हिमालखबर

सन् १९८१ मा बनेको हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा खलनायकको अभिनयबाट चर्चामा आएका सुनिल थापा २० भदौमा रिलिज हुने फिल्म ‘मेरी कोम’ मा नायिका प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकका रुपमा देखिंदैछन् ।

‘मेरी कोम’ भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्म हो ।

सञ्जय लिला भन्सालीले बनाएको फिल्म ‘मेरी कोम’ को निर्देशन ओमंग कपुरले गरेका छन् भने ‘चक दे इण्डिया’ र ‘भाग मिल्खा भाग’ मा स्पोर्टस एक्सन निर्देशन गरेका रब मिलर यो फिल्मका पनि एक्सन निर्देशक हुन् ।

प्रियंका चोपडाको मुख्य भूमिका रहेको ‘मेरी कोम’ मा  मिनाक्षी कलिता, शिशिर शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मको प्रिमियर टोरन्टो फिल्म फेस्टिभलमा हुनेछ ।

थुप्रै नेपाली फिल्महरुमा स्मरणयोग्य अभिनय गरेको सुनिल थापाले हिन्दी फिल्म ‘एक दुजे के लिए (१९८१),’ ‘आज की आवाज (१९८२),’ ‘मनु द ग्रेट (१९८९),’ ‘अलबेला (१९८९),’ ‘नसिबवाला (१९९२),’ लगायतमा अभिनय गरेका छन् ।

भर्खरै रिलिज भएको ‘मेरी कोम’ को ट्रेलरमा सुनिलको अभिनय उम्दा देखिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>