रमझमबुधबार, मंसिर ३, २०७१
आत्मविश्वास गुमाएकी छैनः नायिका केकी
घरकर्जा अन्तर्गत आमाबाबुले लिएको ऋण नतिरेको भन्दै पत्रिकामा तस्वीरसहितको नाम सार्वजनिक भएपछि चर्चामा रहेकी नायिका केकी अधिकारीले आफूले आत्मविश्वास नगुमाएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा ३ मंसीरमा स्टाटस लेख्दै उनले साना–ठूला कठिनाइले कहिल्यै विचलित नबनाउने बताएकी छन् ।
“सुख र दुःख घाम र छाँया जस्तै न हो, केही भौतिक सुखहरु गुमाएँ होला, तर शुन्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएकी छैन,” उनले लेखेकी छन् ।
आफ्नै बुबा रआमाको नाममा घरकर्जा निकाल्दा जमानी बसेकी नायिका केकी अधिकारीको पत्रिकामा तस्वीरसहित हदम्यादको सूचना सार्वजनिक भएको थियो । केकीका बुबा बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीले लिएको घरकर्जा कबोल अनुसार समयमा नतिरेको भन्दै सिभिल ब्याङ्कले २ मंसीरमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
नायिका केकी अधिकारीको फेसबुक स्टाटसः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
