रमझमशुक्रबार, मंसिर ५, २०७१
कपिल शर्माले नेपालीसँग किन माफी मागे
भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने ‘कमेडी नाइट्स वीथ कपिल’ मार्फत चर्चामा आएका कमेडियन कपिल शर्माले अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा सगरमाथा भारतमा रहेको बताएका थिए ।
उनले भनेका थिए, “विदेशमा मानिसहरु इंग्लिश च्यानल पौडेर पार गर्छन र चर्चामा आउँछन । विदेशबाट कोही आउँछ र हाम्रो हिमालयको शिखर माउन्ट एभरेष्टमा चढ्छ । जबकी माउण्ट एभरेष्ट हाम्रै घरमा छ र पनि हामी चढ्दैनौं । अल्छि गर्छौं । यो त घरकै कुरा हो भन्ने ठान्छौं । खाई वरी चढौंला, यो कहाँ पग्लिएर सकिंदैछ र !”
यो भनाई पछि कपिल शर्माको नेपाली प्रशंसकहरु माझ आलोचना भएको थियो । सामाजिक सञ्जालमा पनि उनको निकै विरोध भएको थियो ।
त्यसपछि कपिलले ट्विटरमा लेखे, “मैले आफ्नो शोमा माउण्ट एभरेष्टलाई भारतको भाग भनें । आफ्नो यो गल्तीका लागि म सबै नेपालीहरुसँग माफी माग्छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
