रमझमआइतबार, मंसिर ७, २०७१
हिंसाकाे विराेध गर्ने ‘टुल्के’लाई बाबुरामले मन पराए
७ मंसीरमा गोपीकृष्ण हलमा फिल्म हेरेपछि सामाजिक सञ्जालमार्फत एमाओवादी नेता बाबुराम भट्टराईले यो फिल्मको प्रशंसा गरेका हुन् । उनले फिल्मलाई नयाँ उचाई छोएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘जनयुद्धको महत्व स्थापित गर्न फिल्म सफल छ ।’ भट्टराई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक स्थगित गरेर फिल्म हेर्न गएका थिए ।
उनले फिल्ममा क्रान्ति र सत्ता पक्षबाट मान्छे मार्ने प्रवृत्तिको विरोध गर्ने चरित्र निर्वाह गरेको टुल्केको भूमिकालाई जीवान्त छ भनेर लेखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
