समाचारशनिबार, बैशाख १८, २०७३

‘एमाओवादी नेताहरुको अभिव्यक्तिले सरकारमा निराशा’

हिमालखबर

madhav_nepalनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीका नेताहरुको सरकार विरोधी अभिव्यक्तिले सरकारको काम गर्ने जाँगर घटेको बताएका छन् ।

धनकुटा पुगेका नेता नेपालले पत्रकारहरुसँग भने, “अहिले फुट्ने हैन जुट्ने बेला भएकाले सबै दलका नेताहरु गम्भीर हुन जरुरी छ ।”

नेता नेपालले संविधान कार्यान्वयन गरेर मुलुकको विकास गर्न दलहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताए ।

संविधान कार्यान्वयन गरेर सङ्क्रमणकाल पार गर्दै मुलुकको समृद्धिका लागि कम्तीमा पनि प्रमुख तीन दलको सहकार्य आवश्यकपर्ने भन्दै नेता नेपालले त्यसका लागि कांग्रेस पनि राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुनुपर्ने आवश्यकता औल्याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>