समाचारसोमबार, बैशाख २०, २०७३
पत्रकार दीक्षितलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिषरमा पत्रकार कनकमणि दीक्षित । तस्वीर: कपिल भट्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी हिरासतमा राखेका पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमा २० वैशाखमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो ।
१० वैशाखमा अख्तियारले दीक्षितलाई नियन्त्रणमा लिएको थियो ।

तस्वीर: बिक्रम राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्तिगत प्रतिशोध साध्नका लागि दीक्षितलाई नियन्त्रणमा लिएको भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा त्यसको व्यापक विरोध भएको थियो ।
सर्वोच्चको आदेश:
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
