समाचारमंगलबार, बैशाख २१, २०७३
कांग्रेसको डटेर सामना गर्न एमाले निर्देशन

२१ वैशाखमा बसेको एमाले संसदीय दलको बैठक । तस्वीर: आनन्दराम डंगोल
एमाले संसदीय दलको बैठकले नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको भन्दै आफ्ना सांसदलाई सचेत रहन आग्रह गरेको छ ।
२१ बैशाखमा संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले आजबाट शुरु भएको वजेट अधिवेशनमा सक्रियतापुर्वक भाग लिन र प्रतिपक्षको डटेर सामना गर्न समेत निर्देश गरेको छ ।
बैठकपछि संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले अधिवेशनमा दलको आन्तरिक तयारी र आन्तरिक योजना निर्माण गर्ने विषयमा छलफल भएको बताए ।
सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनमा भुमिका खेल्न निर्देश गरेको समेत उनले जानकारी दिए ।
सरकारको कामकारवाही र सरकार परिवर्तनवारे कांग्रेसको पछिल्ला अभिव्यक्ती ‘कठैवरा’ नभएको भन्दै त्यसमा एमाले सचेत रहेको ढकालले बताए ।
हिजो मात्रै कांग्रेस सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी नभएको, मधेश समस्या हल गर्न नसकेको, भूकम्प पीडितलाई राहत दिन नसकेको र संविधान कार्यान्वयनमा सरकारले काम गर्न नसकेको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए ।
प्रतिपक्षीबाट आउने प्रश्नको संसदमा डटेर प्रतिवाद गर्न निर्देशन भएको ससद रेवतीरमण भण्डारीले बताए ।
-कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
