समाचारबिहीबार, जेठ ६, २०७३

लमजुङमा बस दुर्घटना, ९ को मृत्यु १२ घाईते

हिमालखबर

तस्वीर: युवराज श्रेष्ठ/हिमालखबर

तस्वीर: युवराज श्रेष्ठ/हिमालखबर

दक्षिणपश्चिमी लमजुङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मध्यनेपाल नगरपालिका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा यात्रुबाहक बस आज ५ जेठ साँझ दुर्घटना हुँदा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र कम्तिमा १२ जना यात्रु घाईते भएको प्रहरी चौकी सोतिपसलका प्रमुख असई जितबहादुर थापाले जानकारी दिए ।

बसमा कतिजना यात्रु चढेका थिए भन्ने बारे अझै एकिन हुन नसकेको र घाईतेको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

दुर्घटनामा मृत्यु भएकाहरुको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

तनहुँको सदरमुकाम दमौलीबाट जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको उक्त सवारी साधान भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा घाईतेको उद्धार गर्न पुगेका स्थानीय रामनाथ पौडेलका अनुसार बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

उक्त सवारी सहचालकले चलाएका कारण दुर्घटना भएको घाईते यात्रुले बताएका छन् । चालक सुरज बिक फरार भएका छन् ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>