समाचारसोमबार, जेठ २९, २०६९
शरतसिं भण्डारीले १३ असारमा पार्टी घोषणा गर्ने
भण्डारीले काठमाडौंमा २९ जेठमा पत्रकार सम्मेलन गरेर आफूले दुइ हप्ताभित्र नयाँ पार्टी निर्माण गर्न लागेको बताएका हुन । पार्टीको नाम फोरम प्रजातान्त्रिक राखिने आन्तरिक तयारी भईरहेको छ ।
उपप्रधानमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी जनताको भावना विपरीत काम गरेकाले आफूले नयाँ पार्टी खोल्न लागेको बताए । आफूहरुले संघीयता विरोधीसँग सहकार्य नगर्ने भण्डारीको भनाई छ ।
फोरम लोकतान्त्रिकले २३ जेठमा भण्डारीलाई पार्टीबाट निश्काशन गरेको थियो । संस्थापनले निकाला गरेका र आफै राजीनामा दिएका निलम बर्मा, प्रमोद गुप्ता, वीरेन्द्र यादव, शत्रुघन चौधरी लगायत १२ केन्द्रीय सदस्य पनि पत्रकार सम्मेलनमा उपस्थित थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
