अर्थ/बजारमंगलबार, फाल्गुण १९, २०७१

आयल निगमद्वारा १० अर्ब ऋण भुक्तानी

हिमालखबर

नेपाल आयल निगमले विभिन्न वित्तीय संस्थाबाट लिएको करिब रु दश अर्ब ऋण भुक्तानी गरेको छ ।

nepal-oil-corporation_20101123084506निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई करिब रु पाँच अर्ब २० करोड र कर्मचारी सञ्चय कोषलाई रु एक अर्ब ५० करोड ऋण भुक्तानी गरेको हो ।

निगमले २० फागुनमा नागरिक लगानी कोषसँग लिएको मध्ये रु तीन अर्ब ऋण भुक्तानी गर्दैछ । निगमले कोषबाट रु आठ अर्ब ६६ करोड विभिन्न समयमा ऋण लिएको थियो । रु तीन अर्ब भुक्तानी गरेपछि रु पाँच अर्ब ६६ करोड तिर्न बाँकी रहने आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको १८ फागुनमा बसेको बैठकले विभिन्न संस्थासँग लिएको ऋण तिर्ने निर्णय गरेको प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।
निगमले आइओसी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थालाई रु ३१ अर्ब ३२ करोड ऋण तिर्न बाँकी रहेको उनले बताए ।

निगमले कोषबाट १२ प्रतिशत व्याजदरमा ऋण लिएको भन्दै चर्को आलोचना भएको थियो । दुई वर्ष पहिले तत्कालीन अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ब्याजदरमा दुई प्रतिशत घटाएर १० प्रतिशत कायम गर्न निर्देशन दिएका थिए ।

निगमले हालसम्म आठ पटक मूल्य समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ४७ अमेरिकी डलरसम्म घटेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>