समाचारशनिबार, बैशाख ५, २०७२

अन्ततः प्रक्रियाबाटै संबिधान जारी हुन्छः दाहाल

हिमालखबर

-विद्रोही गिरी, नवलपरासी

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियाबाटै हुने बताएका छन् ।

अधिकतम सहमति गरेर अन्ततः संबिधानसभाको प्रक्रियाबाटै संबिधान जारी हुन्छ’’, दाहालले भने । उनले अन्तरिम संविधानको भावना अनुसार नै नयाँ संविधान बन्ने बताए ।

क्रान्तिकारी पत्रकार संघ नवलपरासीले कावासोतीमा गरेको पत्रकार भेटघाटमा दाहालले भने, ‘‘दलहरुबीच झण्डै–झण्डै सहमति भएको छ, सहमति नभएको राज्यको पुनःसंरचना हो । त्यसमा पनि हिजोका सहमति सम्झौतालाई कांग्रेस एमालले नविर्सदा सहमति हुन्छ ।’’

उनले न्याय प्रणाली, निर्वाचन प्रणालीमा सहमति भएको र शासकीय स्वरुपमा कांग्रेस र एमाले मिलेर गएपछि आलोचनात्मक सहित सहमति जनाउने भएकाले सहमति हुने बताए । दाहालले ६ , ८, १० जति प्रदेश भएपनि त्यो पहिचान र सामथ्र्यकै आधारमा हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>