समाचारआइतबार, बैशाख ६, २०७२

शोक प्रस्ताव पारित गरी संविधानसभा बैठक स्थगन

हिमालखबर

BICCसंविधानसभाको ६ वैशाखमा बसेको बैठकले पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकको प्रारम्भमै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा दिवङ्गत नेताको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

संविधानसभाका यसअघिका दुई वटा बैठकसमेत शोक प्रस्ताव पारित गर्दै स्थगन भएका थिए ।
पूर्व सभासद्हरु रामनाथ ढकाल र सलिममियाँ अन्सारीको सम्मानमा गत चैत २३ र ३० गतेको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।

संविधानसभाको अर्को बैठक १० वैशाख, बिहीबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>