समाचारसोमबार, बैशाख ७, २०७२

रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्षको स्वाइन फ्लूबाट निधन

हिमालखबर

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लूका कारण गए राति १ बजे निधन भएको छ ।

एसओएस म्यानपावर सर्भिसेस प्रालिका सञ्चालक बटाजुको स्वाइन फ्लूका कारण निधन भएको वैदेशिक रोजगार सङ्घका अध्यक्ष हंसराज वाग्लेले जानकारी दिए ।

दश दिनअघि सामान्य रुघाखोकीका कारण ग्रान्डी अस्पताल भर्ना हुनुभएका ५८ वर्षीय बटाजुको मृत्युको कारण स्वाइन फ्लू भएको अस्पताल स्रोतले आफूलाई जानकारी दिएको उनले स्पष्ट पारे ।

बटाजुले २०६४ देखि ०६६ सम्म प्रथम उपाध्यक्ष र २०६६ देखि २०६८ अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । स्व बटाजुका एक छोरा र दुई छोरी छन् ।

अध्यक्ष वाग्लेले लिबियामा युद्ध चलिरहँदा त्यहाँ रहेका दुई हजार ५०० नेपालीलाई सकुशल उद्धार गर्नमा ठूलो सहयोग पुर्या एका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>