थप समाचारसोमबार, बैशाख ७, २०७२
बुङमतीमा रातो मच्छिन्द्रनाथको जात्रा (८ तस्वीर)

तस्वीर: गोपेन राई
रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

तस्वीर: गोपेन राई
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा छ ।

तस्वीर: गोपेन राई
रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ ।

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई
