थप समाचारसोमबार, बैशाख ७, २०७२

अवकाश अवधि दुई वर्ष रहेका सशस्त्र प्रहरीको घरपायक सरुवा हुने

हिमालखबर

ARMED POLICE FORCEसशस्त्र प्रहरी बलले सेवा अवधि दुई वर्षभन्दा कम रहेका उपरीक्षकदेखि तल्लो तहका प्रहरीलाई घर व्यवहार मिलाउन सजिलो होस् भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ ।

बलले सशस्त्र प्रहरी उपरीक्षकदेखि तल्लो तहसम्मका आफ्ना सवै राष्ट्रसेवकलाई उसको सेवा समाप्तिको पछिल्लो समयमा सम्भव भएसम्म चाहेको घरपायक जिल्लामा सरुवा गरिदिने नयाँ व्यवस्था गरेको हो ।

अनिवार्य अवकाश हुन लागेकालाई चाहेको जिल्ला वा क्षेत्रमा सरुवा मिलाउँदा सेवाको सिलसिलामा लामो अवधिसम्म घरबाहिर रहेका प्रहरीलाई घर व्यवहार मिलाउन सजिलो हुने विश्वासका साथ आफ्नो कल्याणकारी कार्यअन्तर्गत यो नयाँ व्यवस्था गरेको बलले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>