समाचारशनिबार, कार्तिक १८, २०६९
सरकारको नेतृत्व हस्तान्तरण हुँदैनः नेता महरा
एमाओवादी धुलिखेल नगर सम्मेलनको १८ कार्तिकमा उद्घाटन गर्दै महराले केही दिनका लागि संविधानसभा पुनःस्थापना गरेर संविधान जारी गर्ने काम भए नयाँ चुनावका लागि नेपाली काँग्रेस वा अन्य कसैलाई सरकारको नेतृत्व दिन सकिने भन्दै थपे, “त्यसो नभए सरकारको नेतृत्व हस्तान्तरण हुँदैन ।”
उनले संविधान बनाएर चुनावमा जाने वा नजाने भन्ने विषयको टुङ्गो छिट्टै लाग्छ भन्दै जारी गतिरोध अबको १० दिनमा अन्त्य हुने धारणा व्यक्त गरे ।
नेता महराले बजेटका कारण मुलुक सङ्कटमा पर्न लागेकाले सरकारले ल्याएको बजेट राष्ट्रपतिले स्वीकृत गर्नैपर्ने दाबी गरे । उनले नेपाली काग्रेस र एमालेलगायत केही दलहरू २०४७ सालको संविधान ब्यूँताउने खेलमा लागेको आरोप पनि लगाएका थिए ।
१७ कार्तिकमा भएको मधेशी मोर्चासहित तीन प्रमुख दलको बैठकमा निर्वाचनमा जानेबारेमा नेताहरुबीच सहमति भए पनि राष्ट्रिय सरकारको गठनको बारेमा कुरा मिलेको थिएन ।
