समाचारमंगलबार, बैशाख ८, २०७२
फादर ग्याफ्नेको हत्याका अभियुक्त पक्राउ
सेन्ट जेभियर्स स्कुल जावलाखेलका फादर टम ग्याफ्नेको हत्या भएको १८ वर्षपछि प्रहरीले हत्यारा पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सेन्ट जेभियर्स स्कूलका फादर थमस ग्याफ्नेको हत्यामा संलग्न भएको आरोपमा गोकुल भनिने ढालबहादुर खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
२८ मंसीर २०५४ मा राति साढे १० बजे ललितपुरको झम्सिखेलस्थित निवासमा रहेका ग्याफ्नेलाई खड्काले खुकुरी प्रहार गरी हत्या गरेपछि दराजमा रहेको २२ हजार रुपैयाँ लिएर फरार भएको एसएसपी पुस्कर कार्कीले बताए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयमा ८ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले भारतमा बस्दै आएका खड्का लाई काकडभिट्टाबाट पक्राउ गरिएको बताएको छ ।
