समाचारमंगलबार, बैशाख ८, २०७२

तीन महिनाभित्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

हिमालखबर

सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तीन महिनाभित्र गराउन परमादेश दिएको छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (छैटौँ) का महासचिव विमलप्रसाद पोखरेलले गत ३२ असारमा सरकार र त्रिवि कार्यकारी परिषद्लाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

यसअघि अदालतले तत्कालीन स्ववियु पदाधिकारीलाई कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>