समाचारमंगलबार, बैशाख ८, २०७२

जाजरकोटमा २४ घन्टाभित्रै उच्चस्तरीय चिकित्सक टोली पठाउन सर्वोच्चको आदेश

हिमालखबर

Supreme_court_nepalसर्वोच्च अदालतले स्वाइन फ्लुको महामारी फैलिएको जाजरकोट जिल्लामा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली र उचित स्रोत साधनको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले ८ वैशाखमा तत्काल स्रोत साधनसहितको टोली जाजरकोट पठाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । आदेशमा मृतकका परिवारलाई दाहसंस्कार तथा उचित क्षतिपूर्ति व्यवस्था गर्न भनिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता भुवनप्रसाद निरौलाले आइतबार रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदनमा जिल्लाका पैंक, पजारु, टालेगाउँ, सक्ला, नायकवाडा र अर्छानीलगायत गाविसमा फैलिएको अज्ञात रोगले सताएर २४ जनाको मृत्यु भइसकेको र हजारौँ व्यक्ति बिरामी परेको तर सरोकार भएका पक्षले चासो र सरोकार नदेखाएको जिकिर गरिएको थियो ।

बिरामीलाई स्वास्थ्य सुरक्षा र सुविधा दिई मानिसको बाँच्न पाउने अधिकारको प्रत्याभूति गराउन निवेदनमा माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>