थप समाचारबुधबार, बैशाख ९, २०७२

शिक्षकद्वारा बालिकाको बालात्कार

हिमालखबर

जनकपुरको रमानन्द चौक नजिकै ६ वर्षीया बालिकालाई उनकै शिक्षकले बलात्कार गरेका छन् ।

८ वैशाख साँझ घरमा पढाउन गएका २० वर्षीय शिक्षक उपेन्द्र तिवारीले ६ वर्षीया बालिकाको बलात्कार गरेको धनुषा प्रहरीले जनाएको छ ।

उपचारका लागि बालिकालाई अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिएको छ । अत्याधिक रक्तस्रावका कारण बालिकाको अवस्था चिन्ताजनक रहेको अञ्चल अस्पताल जनकपुरले जनाएको छ ।

घटना लगत्तै प्रहरीले अभियुक्त तिवारीलाई पक्राउ गरेको थियो ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>