समाचारबुधबार, बैशाख ९, २०७२

सहमतिका विषय मस्यौदा समितिमा पठाइने: देउवा

हिमालखबर

Sher_Bahadur_Deubaकांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माणका क्रममा सहमति भइसकेका विषयहरुलाई मस्यौदा समितिमा पठाउनेबारे दलहरुबीच सहमति भइसकेको बताएका छन् ।

महेन्द्रनगरमा ९ वैशाख विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले दलहरुबीच विश्वास वातावरण बनेको र विवादित विषय थाती राखेर भए पनि संविधान जारी गरिने बताए ।

उनले सङ्घीयताको विषय आयोगमार्फत टुङ्ग्याउने गरेर भए पनि संविधान जारी हुने भन्दै थपे, “मैले त असहमतिका विषय छाडेर पनि संविधान जारी गरौँ भनेको हुँ, सङ्घीयताको विषयमा पछि पनि समाधान खोज्न सकिन्छ ।”

सङ्घीयताका विषयमा देशभरबाट अलग–अलग धारणा आइरहेको भन्दै शासकीय स्वरुपलगायतका अन्य विषयमा भने सहमति भइसकेको बताएका थिए ।

संविधानसभाको बैठक १० वैशाख, बिहीबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>