थप समाचारबुधबार, बैशाख ९, २०७२

एमाओवादी नेतृ बाख्रापालनमा

हिमालखबर

पनिता ढकाल बाख्रा स्याहार्दै । तस्वीर: कृष्ण सिंजाली

पनिता ढकाल बाख्रा स्याहार्दै । तस्वीर: कृष्ण सिंजाली

एमाओवादी झापाकी नेतृ पनिता ढकालले दुई वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गरिरहेकी छन् ।

युवालक्षित पशु विकास कार्यक्रम अन्तर्गत रु दुई लाख सरकारी अनुदान लिएर उनले मेचीनगर–११ स्थित पुरानो भन्सारमा ‘पूर्वोदय कृषि फार्म’ सञ्चालन गरेकी छन् । करिब ६ लाख रुपैयाँ लगानी गरेको उक्त फार्ममा यतिबेला ३० वटा खसीबाख्रा पालिएका छन् ।

उर्लाबारी र महुलीबाट रु ६ लाखमा उन्नत् जातका बाख्राका पाठापाठी खरिद गरी शुरु गरिएको बाख्रापालनमा खरी, जमुनापारी, बारबेरी, तराई उन्नत् जातका बाख्रा छन् ।

“सबै बाख्राको पशु बिमासमेत गरेकी छु” ढकालले भनिन् । बाख्रा मरेमा ९० प्रतिशत रकम बिमा कम्पनीले उपलब्ध गराउने उनले बताइन् ।
ढकालको अधिकांश समय बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ ।

बंगुर फार्ममा प्रकाश दाहाल । तस्वीर: कमल रिमाल

बंगुर फार्ममा प्रकाश दाहाल । तस्वीर: कमल रिमाल

२०५७ सालदेखि विद्यार्थी राजनीति शुरु गरेकी ढकाल एमाओवादी झापा जिल्ला कमिटीका पूर्व जिल्ला सदस्य र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी क्षेत्र नम्बर–१ की क्षेत्रीय संयोजक हुन् ।

बाख्रा पालनबाट अहिले वार्षिक रु दुई लाख आम्दानी भइरहेको उनले जानकारी दिइन् ।

भट्टराई र प्रकाश दाहाल
एमाओवादी नेता बाबुराम भट्टराइले पनि गत असोजदेखि गोरखाको खोप्लाङमा स्थानीय सहकारीमार्फत बाख्रा पालनमा सहभागी छन् ।

भट्टराईकी छोरी मानुषी अध्यक्ष रहेको दिपेश राजु स्मृति कृषि सहकारीमार्फत भट्टराई बाख्रापालनमा सहभागी भएका हुन् ।

त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश पनि पशुपालन व्यवसायमा सक्रिय छन् ।

उनले एकवर्षअघि काठमाडौंको आरुबारीमा बंगुर र चितवनमा गाइपालन शुरु गरेका हुन् ।

-कृष्ण सिंजाली, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>