समाचारबुधबार, बैशाख ९, २०७२
बस दुर्घटनामा मृत्यु भएकामध्ये १२ को सनाखत
त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १२ जनाको सनाखत भएको छ ।
भारतीय तीर्थालुहरु बोकेको दुई तले बस दुर्घटना हुँदा मृत्यु हुनेमा भारत गुजरातका देवजीभाइ सतवाहार, गणेशभाइ सतवाहार, दयारामभाइ सतवाहार, नारसीभाइ सतवाहार, गारामभाइ सतवाहार, गणपतभाइ सतवाहार, दलपतभाइ सतवाहार छन् । त्यस्तै, जसुवेन सतवाहार, लीलावेन सतवाहार, सवितावेन सतवाहार, गौरीवेन सतवाहार र कन्चनवेन सतवाहारको मृत्यु भएको छ ।
मृतक पाँचको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा १३ को घटनास्थलमै र चारको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते हुनेमा कालुभाइ सतवाहार, हरिदेवान सतवाहार, सरिता जैन सतवाहार, ललित सतवाहार, चिनिलाल सतवाहार, मञ्जुवैन सतवाहार, सुरजवैन सतवाहार, मुल्लीभाइ सतवाहार, भगवानभाइ सतवाहार, गणेशभाइ सतवाहार, लीलावैन सतवाहार, लीलुभाइ बल्लभ सतवाहार छन् । अन्य घाइतेको नाम अहिलेसम्म उपलब्ध भएको छैन ।
२८ जना घाइतेको काठमाडौँस्थित शिक्षण अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बसमा २२ पुरुष र २३ महिला गरी ४५ जना यात्रु रहेको बताइएको छ । भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको बस ९ वैशाख बिहान नौबिसे गाविस–८ झ्याप्लेखोलास्थित सडकबाट करिब ३०० मिटर तल भिरबाट खसेको थियो ।
रासस
नौबिसे बस दुर्घटना: मृतकको संख्या १७ पुग्यो (अपडेट)
