समाचारबुधबार, बैशाख ९, २०७२
असार मसान्तसम्म संविधान: सिटौला
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असार मसान्तसम्ममा संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन लागिएको बताएका छन् ।
९ वैशाखमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले प्रमुख तीन दलबीच असार मसान्तसम्ममा संविधान जारी गर्ने सहमति भएअनुसार कार्यतालिका बनाउन लागिएको जानकारी गराएका हुन् ।
सङ्घीयताका विवादित विषयलाई उच्चस्तरीय आयोग बनाई समाधान गरिने र मस्यौदा प्रस्तावलाई सहमतिबाट टुङ्गो लगाउने महामन्त्री सिटौलाको भनाइ थियो
रासस
