समाचारबिहीबार, बैशाख १०, २०७२
प्रमद्वारा फ्लु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रीलाई निर्देशन
जाकर्तामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई टेलिफोन गरी जाजरकोटमा फैलिएको फ्लुको रोकथामका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
टेलिफोन वार्ताका क्रममा स्वास्थ्यमन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासको जानकारी दिएका थिए ।
जाजकोटमा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकोप नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीको अवस्था बुझ्न मुख्य सचि पौड्याल र स्वास्थ्य सचिव श्रेष्ठ आजै जाजरकोट जाँदै छन् ।
एकसाता अघि बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।
