समाचारबिहीबार, बैशाख १०, २०७२

रुकुमः फ्लू नियन्त्रणमा

हिमालखबर

mapरुकुमको चौखाबाङमा एक साताअघि देखिएको फ्लू नियन्त्रणमा आएको छ ।

गत साता मात्र रुकुमको चौखाबाङ– ५ हिलमा ८० जनालाई फूलुको संक्रमण भएको पाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाट गएको टोलीले उपचार गरेपछि अहिले त्यस क्षेत्रका वासिन्दाको स्वास्थ्यस्थिति सामान्य बनेको छ ।

जाजरकोट सीमामा हेल्पडेस्क
जाजरकोटमा फैलिएको फ्लूका बिरामीहरु सिमा जोडिएको रुकुममा भित्रन नदिन जाजरकोट र रुकुमको सिमानामा रहेका आठविसकोटको राडी बजार, गरायलाको रिम्ना बजार र खाराको झुल्नेटा बजारमा प्रहरी र स्वास्थ्यकर्मीको हेल्प डेस्क स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।

यी नाकाहरुमा जिल्लामा आउजाउ गर्नेहरुकोे स्वास्थ्य जाँच गरिएको छ । साथै उक्त ठाउँमा आवश्यक औषधि र स्वास्थ्यकर्मीको टोली पनि खटाएको छ ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>