थप समाचारबिहीबार, बैशाख १०, २०७२
योगगुरु रामदेव काठमाडौं आइपुगे
भारतीय योगगुरु रामदेव १० वैशाखमा काठमाडौं आइपुगेका छन् ।
११ देखि १५ वैशाखसम्म काठमाडौंको खुलामञ्चमा हुने पाँचदिने योग शिविरका लागि रामदेव काठमाडौं आएका हुन् ।
रामदेवसँगै आयुर्वेदाचार्य बालकृष्ण र हरिद्वारस्थित पतञ्जलि योगपीठका वैद्यहरू पनि आएका छन् ।
योग शिविरका क्रममा नि:शुल्क स्वास्थ्य शिविर पनि आयोजना हुने छ ।
योग शिविर व्यवस्थापन गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा ६१ सदस्यीय आयोजक समिति गठन गरिएको छ।
