थप समाचारबिहीबार, बैशाख १०, २०७२

ओबामाकी हजुरआमा मक्काको यात्रामा

हिमालखबर

sarah_obamaअरब मिडियाका अनुसार अमेरिकी राष्ट्रपति बराक ओबामाकी हजुरआमा सारा ओमर मक्काको यात्रामा छिन् ।

अल अरबिया च्यानलको वेभसाइटका अनुसार उनी मक्कामा पैगम्बर मोहम्मदसँग सम्बन्धित एक प्रदर्शनीमा सहभागी हुन मक्का पुगेकी हुन् ।

साराले त्यहाँ इस्लाम शिक्षाको महत्वमा जोड दिंदै हिंसा गर्न नहुने बताएकी छन् भने सहिष्णुतालाई अंगाल्न आग्रह पनि गरेकी छन् ।

किनियाकी नागरिक सारा आफ्ना छोरा (राष्ट्रपति ओबामाका काका) सईद ओबामा र नाति मुसा ओबामाका साथ मक्का पुगेकी हुन् ।

ओबामाका पिता बराक हुसैन ओबामा सीनियर किनिया मुलका थिए भने उनकी आमा एन डनहम अमेरिकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>