समाचारशनिबार, बैशाख १२, २०७२

नेपालमा भूकम्प, तिव्रता ७.९, धरहरा ढल्यो, वसन्तपुरक्षेत्र ध्वस्त

हिमालखबर

१२ वैशाख मध्याह्न लमजुङलाई केन्द्र बनाएर गएको  ७.९ रेक्टरस्केलको भूकम्पले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

काठमाडौंको धरहरा ढल्‍यो

काठमाडौंको सुनधारास्थित धरहारा पूरै ढलेको छ । शनिबार धरहरा चढ्न आएकाहरुमध्ये धेरैको धरहरा भत्कँदा मृत्यु भएको छ । १६७ जना टिकट लिएर धरहरा परिषरभित्र पसेको त्यहाँ रहेका सुरक्षाकर्मीले जानकारी दिए ।

वीर अस्पतालमा दिउँसो तीन बजेसम्म ८६ जनाको शव आइसकेको त्यहाँका निर्देशकले जानकारी दिएका छन् ।

वसन्तपुर दरबार क्षेत्र ध्वस्त
काठमाडौंको वसन्तपुस्थित दरबार क्षेत्र पूरै ध्वस्त भएको छ । काष्ठमण्डप र त्यस छेउछाउका संरचना मन्दिरहरु ध्वस्त भएका छन् । तलेजु भवानीको मन्दिर भने केही भएको छैन ।

थापाथलीस्थित कालमोचन मन्दिर पूरै ध्वस्त भएको छ भने त्रिपुरासुन्दरीको मन्दिर पनि ढलेको छ ।

असनक्षेत्रमा ठूलो नोक्सानी भएको छैन । दरबार हाइस्कलुको दक्षिणतर्फको भाग भत्केको छ ।

लमजुङ्को एउटा गाउँ सखाप
लमजुङको धुवाकोट गाउँका सबै करिब ७० घरहरु ध्वस्त भए पनि हताहतीको समाचार आएको छ‌ैन । गोरखामा पनि ठूलो क्षति पुगेको खबर प्राप्त भएको छ । त्यसैगरी पाँचथरमा पनि केही घरहरु भत्केको खबर प्राप्त भएको छ ।

भूकम्पको त्रास सबैतिर व्याप्त छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>