समाचारशनिबार, बैशाख १२, २०७२

भूकम्पबाट ६८६ को मृत्यु, उपत्यकामा मात्रै ५००: गृहमन्त्रालय (अपडेट)

हिमालखबर

भुइचालोबाट भत्किएको दरबार हाइस्कुल । तस्वीर: देवकी बिष्ट

भुइचालोबाट भत्किएको दरबार हाइस्कुल । तस्वीर: देवकी बिष्ट

१२ वैशाखको भूकम्पबाट देशभर ६८६ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । यद्यपी तथ्याङ्क अद्यावधिक भइरहेकाले मृतकको संख्या धेरै  बढ्ने अनुमान गरिएको  छ ।

यसैगरी, काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको  छ ।

भारतको दिल्ली र देहरादूनसम्म महशुस गरिएको भूकम्पले देशभरका २८ जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक र लमजुङमा क्षति पुगेको पनि मन्त्रालयले जनाएको छ ।

मध्याह्न करिब १२ बजे ठूलो परिमाणको भूकम्प गए पनि भूकम्पका स–साना झड्काहरु काठमाडौंमा बेलुका ६बजेसम्म महशुस गरिएको छ ।

भुइचालोपछि टुडीखेलमा जम्मा भएका सर्वसाधारण । तस्वीर: देवकी बिष्ट

भुइचालोपछि टुडीखेलमा जम्मा भएका सर्वसाधारण । तस्वीर: देवकी बिष्ट

b6

 तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>