समाचारआइतबार, बैशाख १३, २०७२

भुकम्पका कारण मृत्यु हुनेको संख्या २४३० पुग्योः गृह

हिमालखबर

१२ वैशाख मध्याह्नदेखि मुलुकभर गएको विनासकारी भुकम्पबाट मृत्यु हुनेको संख्या २४३० पुगेको छ।

गृहमन्त्रालयले १३ वैशाख साँझ दिएको जानकारी अनुसार २४३० को मृत्यु भइसकेको छ। यस्तै ५८५० जना घाइतेहरु अस्ताल पुगेका छन् ।

मृतकमध्ये काठमाडौंमा ७७७, भक्तपुरमा २२४, ललितपुरमा १५१ छन् ।

यसैगरी पूर्वाञ्चलमा ५०, मध्यमाञ्चलमा १०१७, पश्चिमाञ्चलमा २०९ र मध्यपश्चिममा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाउको छ ।
भूकम्पबाट काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा बढी प्रभावित छन् ।

दुइ दिनदेखि लगातार भुकम्प
१२ वैशाख मध्याह्न १२ वजे भूइँचालो गएदेखि मध्य नेपालमा लगतार भूइँचालो गइरहेको छ ।

१३ वैशाख दिउँसो १ बजे ६.७ रेक्टरस्केलको भूकम्प गएपछि ससाना कम्पन गइरहे पनि ठूलो झड्का महशुस भएको छैन ।

काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, लमजुङमा जनधनको ठूलो क्षति पु¥याएको भूइँचालो जाने क्रम नरोकिंदा जनमानसमा त्रास व्याप्त छ । प्रभावित जिल्लाका अस्पतालहरुमा घाइतेहरुको घुइँचो छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>