समाचारसोमबार, बैशाख १४, २०७२

नुवाकोटमा पाँच सय बढीको मृत्यु, उद्धारमा भारतीय सेना

हिमालखबर

nuwakot

भूकम्पका कारण ध्वस्त भएको विदुरस्थित जिल्ला प्रशासन कार्यालय नुवकोटको भवन । तस्वीर: रासस

नुवाकोटमा मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच सय पुगेको छ भने कम्तिमा पनि ७०० हताहतीको अनुमान गरिएको छ ।

१४ वैशाख बिहानसम्ममा उपचारका लागि अस्पताल ल्याइपुर्‍याउँदा र बीच बाटैमा मृत्यु भएका तथा उद्धारका क्रममा घटनास्थलमै मृत भेटिएकाहरुको सङ्ख्याको आधारमा यो सङ्ख्या निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ग्रामीण भेग सम्पर्कमा नरहँदा मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । नुवाकोटमा कम्तीमा पनि ७०० जनाको हताहत भएको अनुमान गरिँदैछ । ६०० जना बेपत्ता भएको अनुमान छ ।

करिव पाँच हजार जनाको जिल्लाका विभिन्न ठाउँमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौँ पठाइएकाहरुको सङ्ख्या पनि कम्तीमा एक हजार जना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

भारतीय सेना उद्धारमा
यसैबीच, जिल्ला अस्पताल त्रिशुलीमा रहेका गम्भीर बिरामीहरुलाई थप उपचारका लागि भारतीय सेनाको सहयोगमा केहीबेर अगाडि काठमाडौँ पठाइएको छ ।

भारतीय सेनाका एक हजार जवानले बट्टार बसपार्कबाट अहिले गम्भीर बिरामीहरुलाई काठमाडौँ ओसारिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>