समाचारसोमबार, बैशाख १४, २०७२

प्रभावकारी उद्धारको खाँचो

हिमालखबर

महाभूकम्पपछि उद्धारका लागि आएका केही विदशी टोलीहरुको आफ्नै चासोले गर्दा उद्धार कार्य अपेक्षा अनुसार प्रभावकारी हुन सकेको छैन ।

विदेशी उद्धारकर्मीले आफ्नै नागरिकलाई मात्रै खोज्ने र अती आवश्यक ठाउँमा जान नमान्ने गर्दा उद्धार कार्य जति प्रभावकारी हुनसक्थ्यो त्यस्तो हुन नसकेको एक उच्च सरकारी अधिकारीले बताए ।

“उद्धारका लागि आएका विदेशी हेलिकोप्टर नेपाली पक्षसँग समन्वय गरी परिचालन हुँदा जति प्रभावकारी उद्धार हुन सक्थ्यो, त्यो हुन सकेको छैन”, ती अधिकारीले भने, “हामीसँग सीमित हेलिकोप्टर छन्, जसका कारण प्रभावकारी उद्धारकालागी हामीलाई हाम्रै समन्वयमा विदेशी सहयोगी हातको परिचालन आवश्यक छ ।”

नेपाली सेनाका ठूला हेलिकोप्टर उद्धार सामाग्रीको ढुवानीका लागि र विदेशबाट आएका स–साना हेलिकोप्टर असजिला ठाउँमा अवतरणका लागि सहज हुने हुँदा त्यसै अनुसार खटाउन सकिए उद्धारकार्य अहिले भन्दा बढी प्रभावकारी हुनसक्ने उनले बताए ।

“दुर्गमका गाउँ गाउँमा हेलिकोप्टर पठाउन सकिएकै छैन, विपत्ति धेरै ठूलो छ हामीसँग साधन स्रोत सीमित छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>