समाचारसोमबार, बैशाख १४, २०७२

भक्तपुरमा पुरिएका करिब २७ लाई अझै निकालिएन

हिमालखबर

भक्तपुरमा घर भत्किएर पुरिएकामध्ये अझै २७ भन्दा बढीको शव निकाल्न नसकिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका प्रहरी निरीक्षक यादव ढकालका अनुसार आजसम्म २३७ जनाको शव बरामद भएको र बाँकीकोखोजी तथा उद्धार जारी छ । परिसरका प्रहरी उपरीक्षक विकास श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका क्षेत्रका विभिन्न गल्लीभित्र अझै २७ जना हराइरहेको र उनीहरुको शव निकाल्न अझै सकिएको छैन ।

मृतकमध्ये एकै घर परिवारका छ जनासम्मको मृत्यु भएको प्रहरीले जनाएको छ । कतिपयको परिवारका सबैको मृत्यु भएकाले स्थानीय गुठीले सामूहिक दाहसंस्कार गरिदिएको छ । डोजर लान पनि नसकिने र व्यक्तिले तत्कालै छिटो भत्किएका घर पन्छाउन पनि नसक्ने भएकाले अझै पुरिएको शव निकाल्न नसकिएको प्रहरीको भनाई छ ।

प्रहरीले सूर्यमढी, चोर्चा, दत्तात्रय, भेलुखेल, व्यासी र दधिकोटको हिमचुली रोडलगायत क्षेत्रका घर पन्छाएर शव निकाल्न सकेको छैन ।
उद्धारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी उद्धार टोली र स्थानीयवासी लागे पनि पर्याप्त जनशक्तिको अभाव र सहज स्थान नहुँदा खोज तथा उद्धारमा कठिनाइ आएको प्रहरीको भनाइ छ ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिका सभापति रवीन्द्र प्रधानले दत्तात्रय पछाडि एकै घरमा दुई व्यक्ति मृतावस्थामा देखिएको तीन दिन बितिसक्दा पनि प्रहरीले शव निकाल्ने प्रयास नगरेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>