समाचारमंगलबार, बैशाख १५, २०७२
तीन दिनमा ४.९ भन्दा माथिको भूकम्प ९८ पटक
१५ वैशाख बिहान ५:५ बजे रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
त्यसअघि गोरखा केन्द्रबिन्दु बनाएर ४:११ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ९८ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज बिहान मात्र पाँच वटा भूकम्प गएका छन् । हिजो २४ घण्टाभित्र १३ वटा भूकम्प गएका थिए ।
