समाचारमंगलबार, बैशाख १५, २०७२
सहयोग रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरौं
१२ वैशाखदेखि पटक–पटक आएको भूकम्पबाट पीडित र प्रभावितको उद्धार, उपचार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र पुनःनिर्माणका लागि सहयोग गर्न चाहने सबैलाई सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।
प्रधानमन्त्री कार्यालयले जनाएअनुसार सहयोगी स्वदेशी तथा विदेशी दाताहरुले
नेपाल बैंक लिमिटेड, काठमाडौँको ००२–११–०५३३१३,
स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ०१–०१३२४३८–०१,
नेपाल बङ्गलादेश बैंक लिमिटेडको ०३५१४१ सी,
एभरेष्ट बैंक लिमिटेडको ००१०११०२२०००१२ र ००१००१०५२००२७०
ग्लोबल बैंक लिमिटेडको ०४११०१००००००५ मा रकम जम्मा गर्न सकिने छ ।
रासस
