समाचारबुधबार, बैशाख १६, २०७२

मोदीले भने,‘ध्वस्त सम्पदाको पुनर्निर्माणमा साथ रहनेछ’

हिमालखबर

Narendra_D_Modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट ध्वस्त सम्पदाहरुको पुनर्निर्माणमा भारतले सहयोग गर्ने बताएका छन् ।

भारत भ्रमणमा आएका अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँगको भेटपछि दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालीको साहस र मानवीयताले विश्वभरबाट सम्मान आर्जेको भन्दै भूकम्पको त्रासदी भोगिरहेको नेपालमा उद्धार र राहत पछि घर र सम्पदा निर्माणका बेला पनि भारतको साथ रहने बताएका छन् ।

उनले भने, “नेपालमा आएको भयानक विपत्तीको छायाँमा भएको राष्ट्रपति घानी र मेरो भेटमा हामीले हाम्रा दुई देश, दक्षिण एशिया र सम्पूर्ण विश्वसँग नै नेपाली जनताका लागि बोलिरहेका छौं । तपाइँहरुको साहस र मानवीयताले विश्वकै सम्मान आर्जेको छ । यो त्रासदी र परिक्षणका बखत तपाइँहरु एक्लै हुनुहुन्न ।”

प्रधानमन्त्री मोदीले अगाडि भने, “उद्धार र राहतका लागि हामी हरसंभव प्रयास गर्ने छौं । तपाइँहरुको जनजीवन सहज हुँदै गर्दा र तपाइँहरुका घर–सम्पदाको पुनर्निर्माणका बेला पनि हामी तपाइँहरुको साथमै रहने छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>