समाचारबुधबार, बैशाख १६, २०७२

साँझसम्म मौसममा सुधार आउने, वर्षा र भूकम्पको सम्बन्ध छैन

हिमालखबर

Rain_over_Kathmanduन्यूनचापीय क्षेत्रको विकाससँगै ‘क्युमोलोनिम्स’ बादलको प्रभावका कारण मौसम बद्ली भई दिउँसो देशका मध्य तथा पूर्वी भेगमा वर्षा भएको छ ।

भारतको उत्तराखण्डबाट शुरु भएको वायु मङ्गलबार बिहान नेपालको पश्चिमी भेगबाट प्रवेश गरी अहिले मध्यभेगमा आइपुगेकाले काठमाडौँ र आसपासका जिल्लामा असर परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । वर्षाका कारण भूकम्प प्रभावितहरुको उद्धार राहतमा कठिनाइ भएको छ ।

उनका अनुसार यो वायु प्रणाली क्रमशः पूर्वी भेगतर्फ सरिरहेकाले साँझसम्म मौसम सुधार आउनेछ ।

उक्त वायुका साथमा पश्चिमी र स्थानीय वायुको प्रभावले पनि मौसममा खराबी आएको मौसमविद् श्रेष्ठले बताए ।

क्युमोलोनिम्स बादलका कारण मेघ गर्जनसहित हावाहुरीका साथमा असिना पानी र चट्याङसमेत पर्ने गर्दछ । सोही बादलका कारण काठमाडौँको गोँगबु, सामाखुसीलगायतका क्षेत्रमा हिजो केहीबेर असिनासहितको वर्षा भएको छ । आज पनि काठमाडौँ उपत्यकासहित धादिङ, चितवन, गोर्खा, जुम्लालगायत क्षेत्रमा पानी परेको छ ।

पानीसँग भूकम्पको सम्बन्ध छैन
बादलले आकास मडारिएर पानी पर्दा भूकम्पको त्रासदीमा रहेका जनताले निकै आशङ्का गरिरहेका बेला विज्ञहरुले पानीसँग भूकम्पको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

मौसम जमिनमाथिको वायुमण्डलसँग सम्बन्धित भएको र भूकम्प जमिनमुनिको भूगर्भिक तरङ्गसँग जोडिएकाले दुईको कुनै आपसमा सम्बन्ध नभएको भूकम्पविद् डिल्लीराम तिवारीले बताए ।

मौसमविद् बरुण पौडेलले पनि मौसम र भूकम्प फरक विषय भएकाले यिनको कुनै सम्बन्ध नहुने भएकाले यसबाट त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>