समाचारबुधबार, बैशाख १६, २०७२

सिन्धुपाल्चोकमा मृतको संख्या १५०० नाघ्यो, ३००० भन्दा बढी मृत्युको अनुमान

हिमालखबर

sidhupalchwokसिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या १५०० पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ । यहाँ १६०० भन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलले मृतकको संख्या अहिलेभन्द तेब्बरले बढने बताएका हुन् ।

उनका अनुसार चीनको सिमाना जोडिएको तातोपानी र आसपासका क्षेत्र अझै सम्पर्कमा आउन सकेको छैन भने जिल्लाको उत्तरी हिमाली भेगका बरुवा, भोताङ, गुम्बा, गोल्चे लगायतका कैयौँ गाउँहरुको अवस्थाको जानकारी आउन सकेको छैन ।

भर्खरै मात्र नेपाली सेनाको हेलिकोप्टरबाट केही स्थानमा दालमोठ, चिउरा, औषधि, टेन्टलगायतका राहत सामग्री पुर्याकएको छ ।
राहत सामग्री वितरण गर्नका लागि सकभर गाविसमा जिम्मा लगाउने, सम्भव नभए जहाँ स्थानीयवासी बसेका छन् त्यहीँ लगिदिने काम भइरहेको खरेलले बताए ।

अब तत्काल केही प्रहरीलाई राहत सामग्री बाँड्न लगाइएको र केही प्रहरीलाई भने उद्धारमा खटाइएको छ ।
जिल्लाको बाह्रबिसे क्षेत्रमा पनि केही मात्रामा राहत सामग्री पुगेको र अव वितरण गरिने बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>