समाचारबिहीबार, बैशाख १७, २०७२

साँझबाट मौसममा सुधार आउने

हिमालखबर

उपत्यकासहित आसपासका जिल्लामा गएरातिदेखि नै निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

११ र १२ वैशाखमा गएकाे विनाशकारी महाभूकम्पका कारण घरबारविहीन भएर खाली स्थान र बारीको पाटामा दिनरात बिताइरहेका भूकम्प पीडितहरूले निरन्तर पानीका कारण थप पीडा भोग्नुपरेको अवस्था छ ।

मौसमविद् बरुण पौडेलले काठमाडौँ उपत्यका र पश्चिममा पोखरा र पूर्वमा ताप्लेजुङलगायतका क्षेत्रसम्म पानी परिरहेको र आज बेलुकादेखि विस्तारै मौसममा सुधार आउने र पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने बताए ।

उनका अनुसार न्यूनचापीय क्षेत्रको विकाससँगै क्युमोलोनिम्स बादलको प्रभावका कारण मौसम बदली भई आज दिउँसो देशका मध्य तथा पूर्वी भेगमा मेघ गर्जनसहित वर्षा हुन सक्छ । ठूलो वर्षा नभए पनि सिमसिम पानी दिनभरी नै आउने र बेलुकादेखि सुधार हुँदै जाने अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>