समाचारबिहीबार, बैशाख १७, २०७२

पुरिने र चेपिनेको जीवितै उद्धार गर्नेलाई पचास हजार

हिमालखबर

विश्व नेपाली साहित्य महासंघले महाभूकम्पमा पुरिएका र चेपिएकाहरुको तत्कालै विवेकपूर्ण र बहादुरीपूर्वक उद्धार गर्नेलाई प्रतिव्यक्ति रु ५० हजार दिने भएकाे छ ।

उद्धारमा प्रभावकारी काम हुन सकोस् भन्ने उद्देश्यले उक्त घोषणा गरिएको जनाइएकाे छ । पुरिएका र चेपिएकाहरु २१ दिनपछिसम्म पनि जीवितै भेटिएको घटना भएको कारण जीवितै भेट्ने आसका साथ जोडतोडले उद्धारमा लाग्न महासङ्घ बैठकले बुधबार अनुरोध गरेको छ ।

उद्धारमा संलग्न सर्वसाधारण, सेना, प्रहरी जो कसैलाई उनीहरुको कार्यको मूल्याङ्कन गरी नगदसहितको पुरस्कार १० जनालाई दिने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>