समाचारबिहीबार, बैशाख १७, २०७२
राहत रकम संकलकले खर्च गर्न नपाउने
भूकम्प पीडितका लागि राहत उठाउन भन्दै विभिन्न बैंकमा खोलिएका खाताहरूमा नेपाल राष्ट्र बैकले ‘इएरमार्क’ लगाएको छ ।
यसरी ‘इएरमार्क’ लगाइसकेपछि स्वदेश तथा विदेशबाट जम्मा हुने सम्पूर्ण रकम राष्ट्र बैंकले सिधै प्रधानमन्त्री राहत कोषमा पठाइदिनेछ ।
यसअघि विभिन्न प्रकोपहरूमा यसरी उठाइएको रकम विभिन्न शीर्षकमा दूरुपयोग भएको पाइएको तथा अहिले पनि बदमासी हुन थालेपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।
गभर्नर डा. चिरिञ्जिवी नेपालका अनुसार ‘इएरमार्क’ पछि विभिन्न व्यक्ति तथा संस्थाले राहत रकम जुटाउन खोलेका खातामा रकम जम्मा गर्न पाइनेछ तर खातावालले आफैं झिकेर खर्च गर्न पाउनेछैन । त्यसरी जम्मा भएको रकम प्रधानमन्त्री राहत कोषबाट मात्र खर्च गर्न पाइनेछ ।
