समाचारबिहीबार, बैशाख १७, २०७२

अलपत्र ७०० तीर्थयात्री सकुशल

हिमालखबर

सिन्धुपाल्चोकको तातोपानी गएका ७०० बढी तीर्थयात्री ६ दिनदेखि कोदारीको च्यानडाडाँमा अलपत्र परिरहेका छन् ।

१२ माघको महाभूकम्प लगत्तै गएको पहिरोले अरणीको राजमार्ग अवरुद्ध भएपछि उनीहरु अलपत्र बनेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद उपाध्ययले बताए ।

उनका अनुसार देशका विभिन्न ठाउँबाट तातोपानी गएका तीर्थयात्रीहरु सकुशल रहेको बताए । उपाध्ययले भने, ‘‘उद्धारमा खटिएको हेलीकोप्टर त्यहाँ पुगेर अवस्था बुझ्ने काम भएको छ, तीर्थयात्रीहरु सकुशल छन् ।’’

उनका अनुसार अलपत्र बनेका तीर्थयात्रीहरुलाई स्थानीय समुदायले खानेबस्ने व्यवस्था गरेपनि आवश्यक खाद्यन्न अभाव हुँदै गएको छ । जिल्लामा उपलब्ध डोजरले अवरुद्ध सडक खुलाउने प्रयत्न भइरहेको छ ।

भूकम्पसँगै विजुली र टेलिफोन लाइन काटिएकाले यो ठाउँ अहिले पनि सम्पर्क बाहिर रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>