समाचारबिहीबार, बैशाख १७, २०७२
मृतकको संख्या ५ हजार ८२५ पुग्यो
नेपाल प्रहरीले भूकम्पबाट मृत्यु हुनेहरुको संख्या ५ हजार ८२५ पुगेको जनाएको छ ।
१२ वैशाख र त्यसपछि आएको भूकम्पबाट देशभर मृत्यु हुनेको संख्या १७ वैशाख साँझ ५ बजेसम्म ५ हजार ८२५ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको संख्या १० हजार ८६६ पुगेको छ ।
त्यसैगरी १ लाख ४८ हजार ३२९ घरहरु पूर्ण क्षति भएको र थप १ लाख ८६ हजार ५८२ घर आंशिक क्षति भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
कहाँ कतिको मृत्यु :
उपत्यका – मृतक – १५२३ घाईते – ५२१२ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ – १०८९
ललितपुर – १७०
भक्तपुर – २६४
पूर्व क्षेत्र – मृतक – ५२ घाईते – २६०
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग – १
मोरङ् – २
मध्य क्षेत्र – मृतक ३८३३ घाईते ४२०६
रामेछाप – २४
सिन्धुपाल्चोक – १८२०
धनुषा – १
मकवानपुर – ३३
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७१७
धादिङ – ५७०
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७
पश्चिम क्षेत्र – मृतक ४१५ घाईते ११६७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १
