समाचारबिहीबार, बैशाख १७, २०७२
गगन थापाले एक बर्षको तलब भूकम्प पीडितलाई दिए
नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद् गगन थापाले भूूकम्प पीडितलाई आफ्नो एक बर्षको तलब दिएका छन् ।
उनले आफू निर्वाचित भएको क्षेत्रमा पुगेको क्षतिका लागि राहत स्वरुप तलब दिने जनाएका हुन् । थापाले अन्य व्यक्तिलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।
सूचना जारी गर्दै थापाले देशका अन्य क्षेत्रका पीडितलाई सहयोग उपलब्ध गराउन आग्रह गर्दै त्यसका लागि समन्वय गर्ने जनाएका छन् । सभासद् थापाले एक बर्षमा रु. ७ लाख ७ हजार ६१६ पाउँछन् ।
